कीवर्डहरू -

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

एसके टेलिकमले अमेरिकी एआई स्टार्टअप एन्थ्रोपिकमा १०० मिलियन डलर लगानी गर्ने

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम एसके टेलिकमले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स फर्म एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।

कम्पनीले आफ्नो टेलिकम्युनिकेसन–संचालित एआई व्यवसायलाई बलियो बनाउन एन्थ्रोपिकमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको हो ।

एन्थ्रोपिक, एआई फाउन्डेसन मोडेल निर्माणमा गर्न ओपनएआईसँग प्रतिस्पर्धा गर्ने स्टार्टअप र सबैभन्दा राम्रो वित्त पोषित एआई फर्महरू मध्ये एक हो । स्टार्टअपले गत मे महिनामा अल्फाबेट इन्क गुगल र स्पार्क क्यापिटल लगायतका लगानीकर्ताहरूबाट ४५० मिलियन अमेरिकी डलर उठाएको थियो ।