कीवर्डहरू -

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेसा र फिटजीएमआर बीच सम्झौता

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेसा र फिटजीएमआर बीच सम्झौता

ईस्पोर्ट्सको इकोसिस्टम बनाउन नेपाल ईस्पोर्ट्स एसोसियसन (नेसा) र ईस्पोर्टस टेक्नोलोजी कम्पनी फिटजीएमआरबीच एक सम्झौता भएको छ । दुई संस्थाहरुबीच हालै मात्र सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा फिटजीएमआरले नेपालमा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न र उनीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने उल्लेख रहेको छ । यसका लागि खेलाडीको शारीरिक, मानसिक लगायत सबैखाले स्वास्थ्यमा ध्यान दिन कम्पनीको एप प्रयोग गरिने बताइएको छ ।

त्यस्तै कम्पनीले नेपाली ईस्पोर्टस प्रशिक्षकहरूलाई अझ सबल र सक्षम बनाउन ‘ट्रेन द ट्रेनर’ कार्यक्रम समेत लागू गर्ने भएको छ ।