कीवर्डहरू -

प्रभू बैंकको एटीएम, मोबाइल तथा इ्न्टरनेट बैंकिङ सेवा २९ घण्टाका लागि अवरुद्ध

प्रभू बैंकको एटीएम, मोबाइल तथा इ्न्टरनेट बैंकिङ सेवा २९ घण्टाका लागि अवरुद्ध

प्रभु बैंकको एटीएम, मोबाइल बैकिङ तथा इ्न्टरनेट बैंकिङ जस्ता सेवा शुक्रबार (आज) अपरान्ह ५ बजेदेखि २९ घण्टासम्म नचल्ने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

सुचनामा भनिएको छ, “यस बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्ने प्रयोजनका लागि यही मिति २०८०/०५/०१ शुक्रबार साँझ ५ बजेदेखि शनिबार राति १० बजेसम्म एटीएम लगायत मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अस्याथी रूपमा बन्द गर्नुपर्ने हुँदा उक्त अवधिमा एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङ सेवाहरू अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ, ।’’

यसका साथै बैंकले यसबाट ग्राहकलाई पर्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।

\"\"