कीवर्डहरू -

विश्व रोबोट च्यालेन्ज कम्पिटिसनको \'पक कलेक्ट अडल्ट क्याटेगरी\'मा नेपाल पहिलो स्थानमा 

विश्व रोबोट च्यालेन्ज कम्पिटिसनको \'पक कलेक्ट अडल्ट क्याटेगरी\'मा नेपाल पहिलो स्थानमा 

नेपालले रोबोट च्यालेन्ज कम्पिटिसनको 'पक कलेक्ट अडल्ट क्याटेगरी' मा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

बेजिङ, चीनमा आयोजना गरिएको रोबोट च्यालेन्ज कम्पिटिसनमा नेपालले 'लाइन फलोअर अडल्ट क्याटेगरी' मा तेस्रो स्थान पनि हासिल गरेको छ । यो प्रतिस्पर्धा बेजिङको बेरेन इट्रङ्ग इन्टरनेसनल एक्जिबिसनमा एण्ड कन्भेसन सेन्टरमा आयोजना भईरहेको हो ।

१६ अगस्तमा सुरु भएको विश्व रोबोट प्रतिस्पर्धा २२ अगस्त, २०२३ सम्म चल्नेछ । विश्व रोबोट प्रतिस्पर्धा २०२३ मा ६ओटा मुख्य सेसनहरु आयोजना हुने गर्दछन् र यसमा ३० ओटा स्पेसल फोरम पनि रहेको छ ।

यस कन्फेरेन्समा विश्वभरिबाट अन्तर्राष्ट्रिय संघसंस्थाका ३२० बढी प्रतिनिधि, शिक्षाविद्, प्रतिष्ठित विज्ञ र स्वदेश तथा विदेशका उद्यमीहरू सहभागी भइरहेका छन् ।