कीवर्डहरू -

लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

हुम्लाको हिमालपारिको गाउँ लिमीमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । तीन वर्षको लामो प्रयासपछि इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

योसँगै उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको तिल, जाङ र हल्जिका बासिन्दा इन्टरनेट सेवाको पहुँचमा पुगेका छन् ।

फोरजी सेवा सुरु भएसँगै देश–विदेशमा रहेकाहरुसँग सञ्चार सम्पर्क गर्न लिमीका मानिसलाई सहज भएको छ ।

चार हजार छ सय मिटर अग्लो स्थानमा फोरजी सेवाको टावर स्थापना गरिएको छ । लिमीका तीनै गाउँ तिल, हल्जि र जाङ इन्टरनेटको पहुँचमा जोडिएका छन् । लिमीको हल्जिगाउँमा यसअघि वल्र्डलिङ्कको इन्टरनेट सेवा सञ्चालनमा थियो ।

उक्त सेवा सुस्त भएका कारण फोर जी सेवाका लागि पहल गरिएको हो । फोरजी टावर स्थापना गरिएको स्थानमा सोलार पनि जडान गरिएको छ ।