कीवर्डहरू -

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिटको आयोजना 

सामसङ नेपालद्वारा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिटको आयोजना 

काठमाडौंमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले काठमांडौमा २०८० साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ ।

रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रीन, फ्लेक्स मोड, वाइड स्क्रीन, ईमर्सिभ भिउइंग, सेल्फि र आइपी एक्स एटको विशेषताहरु दर्शाइएको थियो र तिन्को बारेमा छलफल गरिएको थियो ।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ । मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ ।

यसका साथै आइपी एक्स एटको समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ, जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ । यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ ।

यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो । उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ ।

ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ ।

यो एकै प्रकार (८ प्लस २५६ जिबि) मा मात्र उपलब्ध छ र यसको मुल्य रु.१३९,९९९/तोकिएको छ ।

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ, साथै ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङ्गहरुमा पाइनुका साथै १२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् ।

ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य रु.२२६,९९९÷ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मुल्य रु.२३९,९९९/ कायम गरिएको छ ।

यी मोडलहरुको प्रि अर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ । यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि– अर्डरमा ग्राहकहरुले रु.२५,००० सम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् । प्रि अर्डर उपहारहरु यसप्रकार छन् ।

यसका साथै ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७,०००/ सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।

यसैगरी यदि ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । पुरानो मोबाइलको मुल्याँकन गरेर त्यो मुल्य बराबरको रकम नयाँ फोल्डेबल मोबाइल किन्दा घटाइनेछ ।

सामसङले एकपटकको लागि एनएलजि इन्सुरेन्ससंगको सहकार्यमा ब्रेकेज बीमा सेवा पनि उपलब्ध गराएको छ भनें एक वर्षभित्रमा एकपटकको लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको छ ।