कीवर्डहरू -

हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा एनसेलबाट पनि निःशुल्क कल गर्न सकिने

हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा एनसेलबाट पनि निःशुल्क कल गर्न सकिने

हेलो सरकारमा अब एनसेल नम्बरबाट समेत निःशुल्क कल गरेर गुनासो टिपाउन सकिने भएको छ । हेलो सरकारले एक सूचना निकाल्दै उक्त कुराको जानकारी गराएको हो ।

यसअघि एनसेल नम्बरबाट कल गर्दा नलाग्ने समस्या  पूर्ण रूपमा समाधान भएको हेलो सरकारले जानकारी गराएको छ ।

अब नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवाप्रदायकका प्रयोगकर्ताले हेलो सरकारको टोल फ्रि नम्बर ११११ मा गुनासो सुनाउन सक्नेछन् । त्यस्तै ट्वीटर, ह्वाट्सएप, भाइबर, ईमेल लगायतका माध्यमबाट पनि गुनासो टिपाउन सकिने छ ।

नागरिकको गुनासो सुन्न यस सेवालाई सरकारले चौबिसै घण्टा सञ्चालन गरिरहेको छ ।