कीवर्डहरू -

आगामी हप्ताबाट थ्रेड्स मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने

आगामी हप्ताबाट थ्रेड्स मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने

थ्रेड्स अब मोबाइलमा मात्र नभएर पीसीमा पनि प्रयोग गर्न सकिने भएको छ । मेटाका सीईओ मार्क जुकरबर्गले इन्स्टाग्रामको नयाँ एप थ्रेड्सको बारेमा यो जानकारी दिएका गरेका हुन् ।

मार्क जुकरबर्गले थ्रेड प्रयोगकर्ताहरूलाई डेस्कटप संस्करण ल्याउने बताएका हुन् । आगामी हप्ताबाट यो फिचर प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

जुकरबर्गको पछिल्लो थ्रेड पोष्टमा दिइएको जानकारी अनुसार यो फिचर थ्रेडका प्रयोगकर्ताहरूका लागि छिट्टै ल्याइनेछ ।

थ्रेड प्रयोगकर्ताहरूसँग एक पोस्ट साझा गर्दै, जुकरबर्गले अबको साताभित्र प्रयोगकर्ताका लागि सर्च र वेबको विकल्प ल्याइने बताए । मेटा थ्रेड्स टोली हाल यी दुई सुविधाहरूमा काम गरिरहेको छ, त्यसैले यी दुई सुविधाहरूको रोलआउट नवीनतम अपडेटहरु सहित सार्वजनिक हुनेछ ।

इन्स्टाग्रामको ट्विटर किलर टेक्स्ट–आधारित एप थ्रेड्स प्रारम्भिक चरणमा प्रयोगकर्ताहरूलाई आकर्षित गर्न सफल भए पनि प्लेटफर्मको लागि प्रयोगकर्ताको चासो घटेको देखिन्छ ।

प्रारम्भिक चरणमा मेटा थ्रेड्सले लन्च भएको ५ दिनमै १० करोड सक्रिय प्रयोगकर्ताको सङ्ख्या पार गरेको थियो । तर हालै आएको नयाँ रिपोर्टका अनुसार आईओएस र एन्ड्रोइड प्रयोगकर्ताहरूले थ्रेड्समा बिताउने समय निकै कम भएको छ ।