कीवर्डहरू -

फास्ट चार्जिङ बिनानै एकैछिनमा फोन चार्ज गर्न यस्तो गर्नुहोस्

फास्ट चार्जिङ बिनानै एकैछिनमा फोन चार्ज गर्न यस्तो गर्नुहोस्

हामी धेरैले डिभाइसमा २० प्रतिशत चार्ज देखिँदा मात्र फोन चार्ज गर्ने गर्दछौँ । तर, धेरै पटक स्मार्टफोनलाई छिटो चार्ज गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा फास्ट चार्जिङ स्पीड सुविधा नभएको फोन चार्ज गर्न समस्या हुन्छ ।

के तपाईलाई थाहा छ फोनमा विशेष सेटिङको मद्दतले फोनलाई छिटो चार्ज गर्न सकिन्छ ?

सबैको फोनमा भएको सेटिंगहरु मध्य एक हो फोनको फ्लाइट मोड । फोनमा फ्लाइट मोड यात्राको लागि मात्र प्रयोग हुँदैन् ।

यसलाई चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ । फोनमा फ्लाइट मोड अन गरेपछि, डिभाइसको नेटवर्क असक्षम हुन्छ ।

डाटा, ब्लुटुथ, वाइफाइ, फोनको भाइब्रेसन मोड, जीपीएस, हटस्पट जस्ता सेटिङहरू फोनको ब्याट्री खेर जान जिम्मेवार हुन्छन् । यस्तो अवस्थामा यदि यी सेटिङ्हरू केही समयको लागि असक्षम पारिएमा, यसले फोनलाई छिटो चार्ज गर्न मद्दत गर्छ । सबै सेटिङहरू व्यक्तिगत रूपमा असक्षम गर्नुको सट्टा, सबै सेटिङहरू फ्लाइट मोड खोलेर एकैचोटि असक्षम गर्न सकिन्छ ।

यो मोड प्रयोग गर्नु भनिएता पनि फोनको फ्लाइट मोड हरेक पटक चार्ज गर्न प्रयोग गर्न सकिँदैन् । यस मोडमा, फोनमा नेटवर्क असक्षम हुने हुँदा फोनबाट कलहरू पनि गर्न सकिँदैन् । डिभाइसमा इनकमिंग कलहरू पनि असक्षम हुन्छन् ।

यति मात्र होइन, फोनमा इन्टरनेट पनि प्रयोग गर्न पाइने छैन । यसको मतलब तपाईले केहि समयको लागि यी सबै सेटिङहरू असक्षम गर्न तयार हुँदा मात्र यो मोड प्रयोग गर्न सक्नुहुनेछ । यदि आपतकालीन अवस्थामा छिटो फोन चार्ज गर्न आवश्यक भएमा यो सेटिङ प्रयोग गर्न सकिन्छ ।