भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालेको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।
जिल्लाका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएका हो । यहाँका ६ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको छ ।
दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार त्यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो ।