कीवर्डहरू -

पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला

पूर्वाञ्चल विश्वविद्यालयमा प्रवेश परिक्षाको अनलाइन आवेदन खुल्ला

पूर्वाञ्चल विश्वविद्यालयले शैक्षिक सत्र २०८०/०८१ का लागि स्नातक तहमा आईटी कोर्षमा भर्ना खुलाएको छ । एक सूचना प्रकाशित गर्दै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीले यसको जानकारी गराएको हो ।

विश्वविद्यालयले बी टेक इन एआई, बीसीए र बीआइटी कार्यक्रका लागि भर्ना खुलाएको हो । यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले भदौं ३१ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

यो समयमा पनि आवेदन दिन छुट भएका विद्यार्थील दोब्बर दस्तुर तिरेर असोज ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यी विषयमा आवेदन दिन विद्यार्थीले १५०० रुपैयाँ शुल्क बुझाउनु पर्ने हुन्छ । प्रवेश परिक्षाको मिति र स्थान भने पछि अर्को सूचनामा प्रकाशित हुनेछ ।

\"\"