कीवर्डहरू -

डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह 

डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन सेवा ११८० मा निःशुल्क फोन गर्नु होलाः मेयर बालेन शाह 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोगबारे कुनै जिज्ञासा भए हटलाइन नम्बर ११८० मा निःशुल्क फोन गर्न आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनले डेंगी रोगबारे निःशुल्क हटलाइन सेवा चौबिसै घण्टा खुल्ला रहेको बताएका हुन् ।

उनले लेखेका छन्, 'यदि तपाईं संक्रमित हुनुहुन्छ वा डेंगुबाट संक्रमित भएको आशंका छ भने, तपाईंले ११८० मा फोन गरेर स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नुहुन्छ । स्वास्थ्यकर्मीले तपाईंका लक्षणहरू मूल्याङ्कन गरी आवश्यक परामर्श र सल्लाह दिनेछन् ।’

त्यस्तै अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न समेत बालेनले अनुरोध गरेका छन् ।

स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको उनले बताएका छन् ।

उनले लेखेका छन्, 'यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ। ’