कीवर्डहरू -

डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् थाहापाउन के गर्ने ?

डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् थाहापाउन के गर्ने ?

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु भएकै छ होला । तपाईले डाउनलोड गरेको फाइल वा सफ्टवेयरमा भाइरस छैन् भनेर कसरी निश्चित गर्ने ?

यदि तपाईको कम्प्युटरमा एन्टी भाइरस छ भने केही हदसम्म थाहा पाउछ ।  तर कुनै कुनै भाइरस एन्टीभाइरसले पनि थाहा पाउँदैन । आज हामी यसको बारेमा जानकारी दिदै छौँ ।

पहिलो तरिका भनेको कुनै पनि सर्च इन्जिनमा जानुहोस् । त्यसपछि भाइरस टोटल डटकम साइट खोल्नुहोस् । भाइरस टोटलमा तपाईलाई तीनवटा विकल्प हुन्छ ।

पहिलो फाइलको, दोस्रो युआरएलको र तेस्रो सर्चको । यदि फाइलमा भाइरस छ कि छैन भनेर जाकारी पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले भाइरस टोटल डटकममा गएर फाइलमा क्लिक गर्नुहोस् । त्यसपछि चुज फाइलमा गएर फाइल सेलेक्ट गर्नुहोस् र स्क्यान गर्नुहोस् ।

यदि त्यो भन्दा पहिले कसैले त्यो फाइललाई स्क्यान गरेको छ भने रिएनालाइजमा गएर स्क्यान गर्न सकिन्छ । त्यसपछि तपाईँलाई रिपोर्ट जस्तो देखाउँछ । यदि त्यहाँ डिटेक्सन रिसियो जिरो छ भने त्यो फाइलमा भाइरस छैन् ।

यदि भाइरस भए जिरो भन्दा अन्य अंक देखाउँछ । यदि त्यो फाइलमा भाइरस भए कुन भाइरस छ भनेर पनि त्यही बाटै हेर्न सकिन्छ ।