कीवर्डहरू -

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूका लागि नि:शुल्क हेल्प डेस्क सुचारु

इन्जिनियरिङ विद्यार्थीहरूको लागि नि: शुल्क हेल्प डेस्क सुरु भएको छ । सोमबारदेखि सोल्टीमोडमा सुरु भएको  हेल्प डेस्कमा इन्जिनियरिङ कार्यक्रमहरू, छात्रवृत्ति योजनाहरू र प्रवेश फारम भर्ने  काममा सहयोग गर्ने गरिएको छ । यस्तै मार्गदर्शन, समर्थन र समस्या समाधानहरू प्रदान गर्ने लक्ष्य रहेको आयोजक संस्थाले जनाएको छ ।

विज्ञबाट आकांक्षीहरूलाई सशक्तीकरण गर्दै सोमबारदेखि इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूलाई आफ्नो शैक्षिक मार्गदर्शकको रूपमा सहयोग गर्ने बताइएको छ ।

हेल्प डेस्कमा कुन इन्जिनियरिङ कार्यक्रम सही छ ? म कसरी मेरो शिक्षाको लागि  छात्रवृत्ति सुरक्षित गर्न सक्छु ? भन्ने प्रश्नहरूको जवाफ दिने तथा समस्या समाधान गर्ने बताइएको छ । यी यस्ता प्रश्नको विज्ञहरुले उत्तर दिने आयोजक संस्था इन्जिनियरिङ भ्लगले जनाएको छ ।

सो अवसरमा ईन्जिनियरिङ क्षेत्रमा गहिरो ज्ञान भएका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तरक्रिया  गर्ने अवसर मिल्ने जनाइएको छ ।

यसमा विद्यार्थीहरूले विभिन्न ईन्जिनियरिङ विषयहरू, सम्भावित क्यारियरका बाटोहरू र अगाडिको शैक्षिक यात्राको सूक्ष्मताहरूमा स्पष्ट जानकारी प्राप्त गरी आफ्नो ज्ञान, अनुभवलाई सही मार्ग निर्देश गर्न सक्ने आयोजकले जनाएको छ ।

हेल्प डेस्कले विद्यार्थीहरूले सही इन्जिनियरिङ विशेषज्ञता छनोट गर्न, छात्रवृत्तिको लागि योग्यता मापदण्ड बुझ्ने वा प्रवेश फारमहरू भर्ने जटिलताहरू सुल्झाउने बारे सही सल्लाह दिने जनाइएको छ ।