कीवर्डहरू -

यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड 

यसरी कुनै एप डाउनलोड नगरिकनै एन्ड्रोइड स्मार्टफोनमा गर्नुहोस् स्क्रीन रेकर्ड 

कतिपय समय हामीले स्मार्टफोनमा विभिन्न काम गर्दा स्क्रीन रेकर्ड गर्नुपर्ने हुन्छ । यस्तोमा आज हामीले कुनै थर्ड पार्टी एप डाउनलोड नगरिकनै स्क्रीन रेकर्ड कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

स्क्रिन रेकर्डिङ के हो ?

वास्तवमा, स्मार्टफोन प्रयोगकर्ताले उपकरणको स्क्रिन रेकर्ड गर्ने सुविधा पाउँछन् । स्मार्टफोनको स्क्रिनमा देखा पर्ने क्षणहरूलाई रेकर्ड गर्न सकिन्छ । यो रेकर्डिङ फोनको ग्यालरीमा फेरि प्ले गर्न सकिन्छ ।

कठिन प्रक्रियाहरू सम्झन वा गेम सेसनहरू रेकर्ड गर्न स्क्रिन रेकर्डिङ उपलब्ध छ । त्यस्तै, प्रयोगकर्ताले भर्चुअल बैठकको पनि भिडियो खिच्न सक्छन् ।

एन्ड्रोइड फोनमा स्क्रिनसटको मद्दतले कुनै पनि महत्त्वपूर्ण तस्विर र क्षण खिच्न सकिन्छ । तर, स्क्रिनसटको मद्दतले मुभ गरिरहेको क्षणलाई क्याप्चर गर्ने सुविधा हुँदैन् । स्क्रिन रेकर्डिङ लाइभ पल कैद गर्ने भिडियो ढाँचा हो ।

एन्ड्रोइड फोनमा स्क्रिन रेकर्डिङ कसरी गर्ने

एन्ड्रोइड फोनमा स्क्रिन रेकर्ड गर्न, सबैभन्दा पहिले शीर्ष स्क्रिनलाई दुई पटक तल स्वाइप गर्नुहोस् ।
तपाईंले दायाँ तिर स्वाइप गरेर स्क्रिन रेकर्डिङ आइकन देख्न सक्नुहुन्छ । यदि छैन् भने क्वीक सेटिंगमा गएर स्क्रीन रेकर्डर टूल खोज्न सक्नुहुनेछ ।

अब रेकर्डर आइकन (स्क्रिन रेकर्डिङ) मा क्लिक गर्नुहोस् । स्क्रिन रेकर्ड गर्न, सुरुमा ट्याप गर्नुहोस् ।
होम स्क्रिनमा, रेकर्डर टाइमर संग देख्न सकिन्छ ।

रेकर्डिङ रोक्न, शीर्ष स्क्रिनबाट फेरि तल स्वाइप गर्नुहोस् । यहाँ तपाईंले स्क्रिन रेकर्डर नोटिफिकेसनमा ट्याप गर्नुपर्नेछ । यो फिचर एन्ड्रोइड १० अपरेटिंग सफ्टवेयर भएको डिभाइसका लागि मात्रै काम गर्नेछ ।

नोटिफिकेसन ट्याप हुने बित्तिकै रेकर्ड गरिएको भिडियो पज हुन्छ र भिडियो तपाईको ग्यालरीमा सेभ हुने गर्दछ ।