कीवर्डहरू -

चन्द्रमामा आज अवतरण हुँदै चन्द्रयान–३, लाइभ हेर्न सकिने 

चन्द्रमामा आज अवतरण हुँदै चन्द्रयान–३, लाइभ हेर्न सकिने 

भारतको ऐतिहासिक चन्द्र मिसन आज चन्द्रमाको सतहमा अवतरण हुँदै छ ।

आज भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ ।

चन्द्रयान–३ को सफलता भारतका लागि नयाँ इतिहास हुनेछ र यो पृथ्वीको उपग्रहमा अवतरण हुने पहिलो भारतीय अन्तरिक्षयान हुनेछ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ५ बजेर ३५ मिनेटदेखि चन्द्रयान–३ को अवतरण लाइभ गर्ने घोषणा गरेको छ । यो लाइभ इसरोको वेबसाइट र युट्युब च्यानलमा हेर्न सकिनेछ ।

ल्यान्डर विक्रम र रोभर प्रज्ञानसहितको चन्द्रयान–३ को ल्यान्डर मोड्युलले अवतरणका लागि उपयुक्त स्थानको खोजी गरिरहेको छ ।

यसअघि सन् २०१९ मा भारतको चन्द्र मिसन चन्द्रयान–२ चन्द्रमाको सतहबाट २.१ किलोमिटर टाढा रहँदा सञ्चार गुमेपछि असफल भएको थियो ।

आज अवतरणमा केही समस्या भएमा इसरोका वैज्ञानिकहरूले अगस्ट २७ का लागि अर्को अवतरण मिति तय गर्ने बताएका छन् ।