कीवर्डहरू -

राष्ट्रियस्तरको ३ दिने प्रविधि मेला सगरमाथा टेक फेस्ट आयोजना हुँदै, यस्ता हुनेछन् आकर्षण

राष्ट्रियस्तरको ३ दिने प्रविधि मेला सगरमाथा टेक फेस्ट आयोजना हुँदै, यस्ता हुनेछन् आकर्षण

सगरमाथा इन्जिनियरिङ कलेज र सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले आगामी मंसिरमा ३ दिने राष्ट्रियस्तरको प्रविधि मेला सगरमाथा टेक फेस्ट २०२३ आयोजना गर्ने भएको छ ।

आगामी मंसिरमा हुने सगरमाथा टेक फेस्टको मिति भने घोषणा गरिएको छैन । युवाहरूको नयाँ र इन्नोभेटिभ आईडियालाई प्रवर्द्धन तथा हौसला दिने उद्देश्यले सगरमाथा टेक फेस्ट हुँदैछ । सगरमाथा कलेजले आयोजना गर्दै आएको सगरमाथा टेक फेस्टको यो दोस्रो संस्करण हो ।

फेस्ट हुनुभन्दा अगाडि प्रि-इभेन्टको रूपमा आईटी स्पेक्ट्रम, सफ्टवेयर, हार्डवेयर फेलोशिप, आईडियाथन, ब्लकचेन वर्कशप, स्टोरी टेलिङ वर्कशप, ड्रोन वर्कशप, ह्याकाथन, टेक डिबेट, अटो क्याड, पेपर ब्रिज लगायतका विभिन्न कार्यक्रम हुनेछन् ।

पहिलो प्रिइभेन्ट आउँदो आइतबार आईटी स्पेक्ट्रम हुँदैछ । फुलब्राइट नेपालसँगको सहकार्यमा आईटी स्पेक्ट्रममा वक्ताको रूपमा प्राध्यापक तथा अनुसन्धानकर्ता शिव प्रसाद गौतमले सहभागी हुनेछन् ।

प्रिइभेन्ट पछि काठमाडौंमा हुने सगरमाथा टेक फेस्टमा प्रोजेक्ट प्रदर्शनी, प्रोग्रामिङ प्रतियोगिता, रोबो सकर, ब्याटल बट, पेपर ब्रिज, युआई प्रतियोगिता, ई-सपोर्ट्स, क्विज लगायतका कार्यक्रम हुने संयोजक उपेन्द्र न्यापानेले जानकारी दिए ।