कीवर्डहरू -

आइएमई पेले ल्यायो \'विकेट टु विन\' नामक अफर

आइएमई पेले ल्यायो \'विकेट टु विन\' नामक अफर

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे' ले एसिया कप  क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै  “विकेट टु विन” अफर सार्वजनिक गरेको छ ।

यही भदौ ८ देखी भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा एसिया कप प्रोमो कोडको प्रयोग गरी रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

साथै यस अफरमा सहभागी हुनुहुने मध्ये एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नु हुनेछ । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताएका छन् ।