कीवर्डहरू -

कोका–कोलाद्वारा सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न

कोका–कोलाद्वारा सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले सक्षम २.० “योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम” सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रम कोका–कोला नेपालको उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षमको एक महत्वपूर्ण भाग बन्न सफल भएको छ जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए । आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ पÞmाईनलिस्टहरु छनोट गरिएको थियो ।

फाइनलिस्टहरुमा छनोट हुने वृन्दा दिवान – केहिक्राफ्ट्स, मेनुका गुरुङ – डुलुवा आउटडोर्स, प्रकृति बस्याल – साउथ एण्ड साउथ ईस्ट प्रोजेक्ट, राशी महर्जन – लर्नर्स रुम, रोजिना बराल – सर्चड् , सरला महर्जन – बायो–इन्जाइम्स, शान्ति राई – ग्रीनस्पेस नेपाल र यजु महर्जन – स्वच्छ महिनावारी रहेका छन् ।

एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले कार्यक्रमबाट सन्तुष्टि व्यक्त गर्दै भनिन् “एटेलियर कार्यक्रम र कोका–कोलासँगको सहकार्य मार्फत हामी युवा महिला उद्यमीहरूले आफ्ना आकांक्षाहरूलाई वास्तविकतामा परिणत गर्न सक्ने बाटो निर्देशन गरिरहेका छौं । यी उद्यमीहरूले अटल दृढ संकल्प र ज्ञानद्वारा सफलताको गतिशील क्यानभास बनाउँदैछन् । हरेक ब्रशस्ट्रोकले व्यवसायिक नवाचार र रूपान्तरणलाई प्रेरित गर्ने सशक्त महिलाहरूको अविश्वसनीय महत्वाकांक्षाको चित्र चित्रण गर्दछ ।”

काठमान्डौँको माया मनोर बुटिक होटल, हात्तीसारमा आयोजित सक्षम तालिम कार्यक्रम अगस्ट १८, २०२३ मा सम्पन्न भएको छ । महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरुको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो ।

जजहरुको प्यानलमा प्रसन्ना बस्नेत, संस्थापक – कटन मिल नेपाल, स्नेह राजभण्डारी, पब्लिक अफेयर्स, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटि डिरेक्टर – कोका–कोला बेभरेज नेपाल र त्रिशाग्नी शाक्य, एग्जेक्युटिव डिरेक्टर – केजीएच ग्रुप रहेका थिए ।

निर्णायकहरुद्वारा गहन मूल्याङ्कन पश्चात् मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशी महर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको थियो र प्रत्येकले रु. १ लाखको पुरस्कार प्राप्त गरका थिए । टप तीन विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पु¥याउन समान आर्थिक सहयोग प्रदान गरिएको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले भनिन्, “योङ उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्रामले महिला उद्यमशीलतालाई बढावा दिन र नेपालमा दिगो विकासमा योगदान पु¥याउने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण हो । महिला उद्यमीहरूलाई सशक्तिकरण गर्नु समुदाय र अर्थतन्त्रको समग्र विकासको लागि आवश्यक छ र तपाईँहरुको निरन्तर सहयोग प्रति हामी अत्यन्त आभारी छौं जसले हामीलाई यस्ता प्रोगे्रसिभ प्रोजेक्टहरु सञ्चालन गर्न प्रेरणा दिएको छ ।”

कोका–कोलाले महिलाको आर्थिक सशक्तिकरणमा लगानी गरेर आफ्नो व्यापार विस्तार गर्नुका साथै महिला र उनीहरुका परिवार तथा समुदायलाई उज्वल भविष्यका लागि सक्षम पार्दछ ।