कीवर्डहरू -

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ ।

एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो ।

“यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । “हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं ।”

विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापढण्ड भित्र रहि निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो ।

शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो ।

सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।