कीवर्डहरू -

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरु थप परिष्कृत रुपमा सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरु थप परिष्कृत रुपमा सार्वजनिक

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत बनाइएको छ ।  बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्ने, केवाइसी अपडेट गर्ने, नयाँ डेबिट कार्ड लिने, मोबाइल बैकिंग, इन्टरनेट बैकिंग, क्युआर रिक्वेस्ट र डिस्प्युट क्लेम जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकको आधिकारिकवेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् ।

डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।