काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने १२४ वटा स्थानीय तह छनौट गरेको छ। यो सुचना प्रविधि सेवा केन्द्र तथा व्यवस्थापन कार्यविधि २०७५ अनुरुप छनौट गरिएको हो।
छनौट भएका स्थानीय तहहरुले १५ दिन भित्र प्राधिकरणमा सिधै ईमेल, फ्याक्स वा आधिकारिक व्यक्ति (स्थानीय तहको प्रमुख वा उपप्रमुख) को मोबाइलबाट एसएमएस गरी सम्पर्क गर्नुपर्नेछ। तोकिएको समयभित्र सम्पर्क नगर्ने स्थानीय तहलाई छनौट सुचीबाट स्वत: हटाईनेछ।
सूचना प्रविधिको पहुँच नपुगेका स्थानीय तहमा आधाारभुत सूचना प्रविधि सेवा सञ्चालन गर्नका लागि प्राधिकरणले ग्रामिण दूरसञ्चार कोषबाट रकम खर्च गर्नेगरी यो कार्यक्रम ल्याएको हो।
छनौट भएका स्थानीय तहहरुमा नेपाल दूरसञ्चार प्राधिकरणले एउटा ल्यापटप, ३ वटा डेक्कटप कम्प्युटर, फोटोकपी, प्रिन्टर,स्क्यानर, प्रोजेक्टर,साउन्ड सिस्टम, ब्याकप, वायरलेस राउटर, केवलजस्ता सामग्री जडान गरिदिने छ।
विद्युतको पहुच नभएको ठाउँमा प्राधिकरणले सोलार जडान गरिदिने छ। प्राधिकरणले बनाइदिएको सूचना प्रविधि सेवा केन्द्र चलाउने व्यवस्थापन गर्ने सबै जिम्मेवारी सम्बन्धित स्थानीय तहकै हुने छ।
छनोट भएका स्थानीय तहहरु हेर्न यहाँ क्लिक गर्नुहोस। अन्य थप जानकारीको लागि तपाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट मा जान सक्नु हुनेछ।