कीवर्डहरू -

भदौ २६ गतेदेखि नाडा अटो शो, अवलोकन गर्ने एक जना भाग्यशालीले विद्युतीय स्कुटर जित्न सक्ने 

भदौ २६ गतेदेखि नाडा अटो शो, अवलोकन गर्ने एक जना भाग्यशालीले विद्युतीय स्कुटर जित्न सक्ने 

नेपाल अटोमोबाइल्स एशोशिएससन (नाडा) ले आयोजना गरेको नाडा अटो शो भदौ २६ गतेदेखि सुरू हुने भएको छ । ६ दिनसम्म चल्ने १५ औं संस्करणको नाडा अटो शो काठमाडौंको भृकुटिमण्डप स्थित प्रदर्शनी स्थलमा सञ्चालन हुनेछ ।

भदौ २६ गतेदेखि ३१ गतेसम्म चल्ने शोमा १२० वटा स्टलहरू रहने छन्, जसमा ४५ ब्राण्डका सवारी साधनहरू प्रदर्शनीमा राखिने छ । प्रर्दशनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने नाडाले जनाएको छ । यसमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाको सूचना–कक्ष समेत रहने छ, जहाँबाट ट्राफिक नियम सम्बन्धी जानकारी दिइने छ ।

प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहने छ ।

प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्बन्धी सेवा सुविधा दिने जस्तै वित्तीय सेवा, बिक्रीपछिका सेवा, आदिका छुट्टाछुट्टै स्टलहरु रहने छन् ।

प्रदर्शनी अवलोकन गर्न  डिजिटल वालेट खल्तीबाट अग्रिम अनलाइन टिकट खरिद गर्नु पर्ने छ । खल्तीबाट टिकट काट्दा २० प्रतिशत छुट समेत पाइने छ । शो ७५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । अवलोकन गरेका मध्ये लक्की ड्रबाट एक जनाले व्यक्तिले एडियाको विद्युतीय स्कुटर समेत जित्नस सक्ने छन् ।

प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नका लागि काठमाण्डौं मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन गरिने नाडाले जनाएको छ ।