कीवर्डहरू -

ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै

ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै

ओपनएआईले ठूला व्यवसायहरूलाई लक्षित गर्दै च्याटजीपीटी इन्टरप्राइज ल्याउने भएको छ । च्याटजीपीटी इन्टरप्राइजले ओपनएआईको प्रविधिमा परिष्कृत सुरक्षा, गोपनीयता र उच्च गतिको पहुँच प्रदान गर्ने बताइएको छ । प्रारम्भिक ग्राहकमा ब्लक, कार्लाइल र एस्टी लाउडर कम्पनी समावेश छन् ।

जब ओपनएआइले नोभेम्बरमा उपभोक्ता–केन्द्रित च्याटजीपीटी जारी गर्‍यो, यसले दैनिक कार्यहरूमा लेखनदेखि कोडिङसम्म सघाएको थियो र यही कारण च्याटजीपीटीको गत जनवरीमा १०० मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू पुगेको थियो ।

च्याटजीपीटी इन्टरप्राइजको सुरुवातसँगै, ओपनएआइले आशा गर्दछ कि उपभोक्ताहरूले काममा च्याटजीपीटीको प्रयोग अपनाउन सहज महसुस गर्नेछन् ।

माइक्रोसफ्टले पहिले नै व्यवसायहरूलाई यसको एजुरे ओपनएआई सेवामार्फत च्याटजीपीटीमा पहुँच प्रदान गर्दै आएको छ । त्यही कराणले व्यवसायहरू यसलाई प्रयोग गर्न माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ प्लेटफर्म एजुरेको ग्राहक हुनुपर्छ । ओपनएआइका अनुसार च्याटजीपीटी इन्टरप्राइज ग्राहकहरूले एजुरेको सदस्यता लिनु पर्दैन् ।