कीवर्डहरू -

खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै दियालो टेक्नोलोजिज

खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै दियालो टेक्नोलोजिज

नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । उक्त समझदारी अनुसार खानेपाानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एकआपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठि, अनुभव आदान प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने तथा अनुसन्धान कार्यहरू गरिनेछ ।

समझदारीपत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष ई. रामदीप शाहले हस्ताक्षर गरे ।  हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश शाह लगायत दुईवटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

खानेपानी  सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुशासनमाथप सुधार गरि सेवा प्रदानलाई थप प्रभावकारी बनाउन सयुक्त रुपमा सहकार्य गरि बढ्न मुख्य उद्देश्य राखी गरिएको यो समझदारीमा नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रलाई डिजिटलाइजेसन को लागि नीतिगत सुधार, यस क्षेत्रमा काम गर्ने सेवा प्रदायक तथा सरोकारवालकाहरुको प्रविधि सञ्चालन तथा डिजिटलाइजेसनमा रुपान्तरणको लागि क्षमता अभिवृद्धि गर्न, केन्द्रीय, प्रदेश तथा स्थानीयस्तरमा यस क्षेत्रमा भएका राम्रा प्रयासहरूको सिकाईलाई विभिन्न स्तरका कार्यक्रमहरूबाट प्रचार प्रसार गर्ने अन्य उद्देश्य रहेको छ ।

हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरूलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरी लागु गरिरहेको छ ।