कीवर्डहरू -

च्याटजीपीटी अकाउन्ट ब्लक भयो ? यसरी गर्नुहोस् अनब्लक

च्याटजीपीटी अकाउन्ट ब्लक भयो ? यसरी गर्नुहोस् अनब्लक

च्याटजीपीटीलाई संसारमा कुनै परिचयको आवश्यकता छैन् । यो अहिले धेरै व्यक्तिको फोन, ट्याब्लेट वा ल्यापटपमा रहेको छ ।

आजकाल मानिसहरु प्राय जसो यसको प्रयोग गर्छन् । च्याटजीपीटीले कोड लेख्नेदेखि लिएर बच्चाहरूको लागि गृहकार्य गर्ने सबै कुरामा मद्दत गर्छ ।

के तपाइँलाई थाहा छ केही गल्तीहरूको कारण तपाईको  च्याटजीपीटी अकाउन्ट पनि ब्लक हुन सक्छ । ब्लक भएमा पुनः अकाउन्टलाई अनब्लक गर्न सकिन्छ । तपाईको अकाउन्ट ब्लक हुने कारणहरु यस प्रकारका छन् ।

बारम्बार लगइन गर्दा

धेरै पटक हामी हाम्रो च्याटजीपीटी अकाउन्टमा बारम्बार लग इन गर्छौं ।   यसबाहेक बारम्बार गलत पासवर्ड दिँदा हाम्रो अकाउनट पनि ब्लक हुन सक्छ । यदि तपाइँ लग इन गर्न प्रयास गरिरहनु भएको छ र लग इन गर्न सक्नुहुन्न भने तपाइँको च्याटजीपीटी अकाउन्ट तपाइँको डाटालाई सुरक्षित पार्न ब्लक हुन्छ ।

तपाइँको अकाउन्ट भिपिएन प्रयोग गरेर पनि ब्लक हुन् सकिन्छ

भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) पनि च्याटजीपीटी अकाउन्ट ब्लक हुनुको प्रमुख कारण हो । यदि कुनै प्रयोगकर्ताले भिपिएन प्रयोग गरेमा यस कारणले गर्दा तपाईंको अकाउन्ट पनि बन्द हुन सक्छ । कहिलेकाहीँ तपाईंको खातामा केही खराब गतिविधिहरू हुन्छन्, यस्तो अवस्थामा, तपाईंको अकाउन्ट सुरक्षित गर्न अकाउन्ट केही समयको लागि ब्लक गरिन्छ ।

यदि तपाइँको अकाउन्ट भिपिएनको कारणले ब्लक भएको छ भने सबैभन्दा पहिले तपाइँ भिपिएनको समस्या समाधान गर्नु पर्छ । यस अवस्थामा तपाईंको अकाउन्ट अनब्लक हुनेछ ।

धेरै ओटा अकाउन्ट बनाएमा

धेरै व्यक्तिहरूले ओपनएआइमा एक भन्दा बढी अकाउनटहरू सिर्जना गर्छन् । यद्यपि, एक व्यक्तिलाई एउटा मात्र अकाउन्ट सिर्जना गर्न अनुमति हुन्छ । जब एक व्यक्तिले एक भन्दा बढी अकाउन्टहरू सिर्जना गर्दछ, तब उसको अकाउन्ट ब्लक हुन्छ । च्याटजीपीटी प्रयोग गर्दा कुनै शुल्क लाग्दैन् । तपाईंले च्याटजीपीटीको कुनै पनि सेवा निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ ।

च्याटजीपीटीको गलत प्रयोग

धेरै पटक ओपनएआइलाई प्रयोगकर्ताहरूले च्याटजीपीटी गलत तरिकाले प्रयोग गरिरहेका छन् भन्ने थाहा हुने गर्दछ । यस्तोमा गलत कार्य नहोस् भनेर च्याटजीपीटीले अकाउन्ट ब्लक गरिदिने गर्दछ । उदाहरणका लागि, नक्कली समाचारहरू सिर्जना गर्न च्याटजीपीटी प्रयोग गर्दा तपाईंको खाता अवरुद्ध हुन सक्छ ।

कसरी च्याटजीपीटी अकाउन्ट अनब्लक गर्ने ?

यदि कुनै कारणले तपाईंको च्याटजीपीटी अकाउन्ट ब्लक भयो भने आत्तिनु पर्दैन् । कृपया केहि समय पछि पुनः लग इन गर्नुहोस् । यदि गलत पासवर्ड प्रविष्ट गरेको कारण अकाउन्ट रोकिएको छ भने पासवर्ड रिसेट गरेर पुनः लग इन गर्न सक्नुहुन्छ ।

तपाईंको अकाउन्ट केही गल्तीका कारण ब्लक गरिएको छ भने ओपनएआइको सपोर्ट टिमलाई सम्पर्क गर्नुपर्छ । यसले तपाईंको अकाउन्ट अनब्लक गर्न मद्दत गर्नेछ ।