कीवर्डहरू -

विद्यार्थीहरूका लागि उपयोगी ५ एआई टुल

विद्यार्थीहरूका लागि उपयोगी ५ एआई टुल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हरेक क्षेत्रमा प्रयोग हुन थालेको छ । एआईले हरेक क्षेत्रलाई असर गर्न थालिसकेको छ । यसबाट शिक्षा क्षेत्र पनि अछुतो छैन् ।

विद्यार्थीहरूले एआई रिसर्च गर्नेदेखि गृहकार्य गर्नेसम्म प्रयोग गरिरहेका छन् । आफ्नो सिकाइ प्रक्रिया सुधार गर्नुका साथै अवधारणा बारे सूक्ष्म ज्ञान लिन एआई टुल प्रयोग भइरहेको छ ।

यदी तपाई विद्यार्थी हुनुहुन्छ र तपाईलाई सिक्न वा परियोजना गर्न मद्दत गर्न सक्ने एआइ उपकरण खोज्दै हुनुहुन्छ भने तल उल्लेखित टुलहरू प्रयोग गर\\न सक्नुहुन्छ ।

च्याटजीपीटी

च्याटजीपीटी सबैका लागि उपलब्ध उत्तम उपकरणहरू मध्ये एक हो । यसले विद्यार्थीहरूलाई सिक्न गाह्रो हुने अवधारणाहरू बुझ्नको लागि ठूलो फाइदा हुन सक्छ ।

पाठ्यक्रममा अवधारणाहरुलाई सरल बनाउन, विश्लेषण गर्न र व्याख्या गर्न यो च्याटबट प्रयोग गर्न सकिन्छ ।

तपाईले गर्नुपर्ने भनेको तपाईको प्रश्नहरू टाइप गर्नु हो र तपाईले चाहनु भएको उत्तरको लागि पर्खन पर्ने हुन्छ । तपाईले गर्नुपर्ने भनेको आउटपुट पढ्ने हो ।

च्याटजीपीटीले तपाईंलाई विषयको महत्त्वपूर्ण बुँदाहरू देखाएर सिक्न सजिलो बनाएर नोट बनाउने प्रक्रियालाई पनि सजिलो बनाउन सक्छ ।

प्रोग्रामिङ हेल्पर

यदि तपाइ प्रोग्रामिङको विद्यार्थी हुनुहुन्छ र केहि परियोजना वा व्यक्तिगत कामको लागि कोड लेख्नमा अड्किनु भएको छ भने प्रोग्रामिङ हेल्परले सहयोग गर्न सक्छ ।

तपाइ एआई प्रयोग गरेर तपाइँको लागि कोड लेख्न प्रोग्रामिङ हेल्पर प्रयोग गर्न सक्नुहुन्छ । तपाईले कोड प्रयोग गर्न सक्नुहुन्छ र लेख्नु भएको कोडसँग तुलना गर्न सक्नुहुन्छ ।

यस तरिकाले तपाईले कोडका राम्रा बिन्दु, गल्ती र कोड लेख्ने विभिन्न तरिकाहरू बुझ्न सक्नुहुन्छ ।

प्रोग्रामिङ हेल्पर एक फ्रि–टु–युज प्लेटफर्म हो जुन तपाईं विभिन्न परियोजनाहरूको लागि कोड उत्पन्न गर्न प्रयोग गर्न सक्नुहुन्छ ।

ट्युटर एआइ

ट्युटर एआइ एक सिकाउने प्लेटफर्म हो, जहाँ तपाइँ केहि पनि सिक्न सक्नुहुन्छ । यो जेनेरेटिभ एआईमा आधारित छ, जुन नवीनतम समाचार र प्रवृतिहरूको लागि निर्माण गरिएको हो ।

तपाईले गर्नुपर्ने भनेको प्रश्नहरू इनपुट गर्नुहोस् र आउटपुट पढ्नुहोस् । जब तपाइँ ट्युटर एआइमा केही खोज्नुहुन्छ, यसले त्यो विषयसँग सम्बन्धित विभिन्न मोड्युलहरू लोड गर्दछ ।

मोड्युलहरू प्रारम्भिक, मध्यवर्ती र उन्नत स्तरहरूमा विभाजित छन् । ट्युटर एआई प्रयोग गर्न, तपाईंले इमेल आईडी प्रयोग गरेर साइन अप गर्न आवश्यक छ ।

यो हाल प्रयोग गर्नका लागि एक निः शुल्क उपकरण हो । टेक्स्ट इनपुट गरेर यसलाई प्रयोग गरेर सबै कुरा सिक्न सक्नुहुन्छ ।

एक्सप्लेन लाइक आइ एम फाइभ

एक्सप्लेन लाइक आइ एम फाइभ पाँच वर्षका बच्चाले पनि सजिलै बुझ्न सक्ने विषयहरूलाई सरल बनाउन एआइद्वारा संचालित एक प्रयोग गर्न सजिलो वेब हो । यसले धेरै फरक भाषामा विषयहरू व्याख्या गर्न सक्छ ।

यो परीक्षा र अन्तर्वार्ताको तयारीमा उपयोगी हुन सक्छ । यो विषयको आधारभूत कुराहरू सिक्नका लागि उत्कृष्ट उपकरण हो, जसले समयसँगै विषयलाई अझ राम्रोसँग सिक्नको लागि ठोस आधार बनाउँछ ।

एक्सपलेन लाइक आइ एम फाइभ एक सशुल्क उपकरण हो, जुन तपाईको रोजाइका विषयहरू सिक्न धेरै उपयोगी छ ।

स्कलरसी

स्कलरसी एक एआइ उपकरण हो, जसले तपाईंलाई राम्रो पढ्ने अनुभव दिनको लागि लेखहरू र इनपुटहरूलाई सरलीकृत र संक्षिप्त गर्ने गर्दछ ।

यसलाई आफ्नो विषय बारे जान्नका लागी प्रयोग गर्न सक्नुहुन्छ । हजारौं पृष्ठका अनुसन्धान पत्रहरू पढ्न धेरै गाह्रो हुन्छ । यसलाई सहज बनाउनका लागि तपाइँले मुख्य अवधारणाहरू संक्षेप गर्न स्कलरसी प्रयोग गर्न सक्नुहुन्छ ।

१४ दिनको लागि निः शुल्क स्कलरसी प्रयास गर्न सकिन्छ । यसको सःशुल्क भर्सन पनि उपलब्ध रहेको छ ।

विद्यार्थीहरूका लागि जटिल अवधारणाहरू सिक्न र बुझ्न सजिलो बनाउन यो च्याटबटमा केही उत्कृष्ट एआइ उपकरण उपलब्ध छन् । टुल गृहकार्य गर्न पनि प्रयोग गर्न सकिन्छ ।