कीवर्डहरू -

नेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन 

नेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन 

चर्चित लोकप्रिय शर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले नेपालमा टिकटक बन्द गर्न मन्त्रालयमा निवेदन दिएका हुन् ।

टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता र अपराध वृद्धि भएको उनले बताएका छन ।

टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन्। टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि युवराज सफलको माग छ ।

टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि उनको भनाइ छ ।

टिकटकको माध्यमबाट गाली गलौज, वेश्यावृत्ति गर्ने, सामाजिक, धार्मिक सद्भाव बिथोली, धार्मिक, जातीय एवम् साम्प्रादायिक हिंसा भड्काउने काम भएकोले व्यवस्थापन नगर्दासम्म बन्द गर्न माग गरेका हुन्।

\"\"