कीवर्डहरू -

बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य  गरेको छ । जसअन्तर्गत  बिगमार्टमा  फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।
उक्त छुट अफर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफुल खरिदमा  स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने छन् ।  स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरुले बिग मार्ट को सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्युआर को अन्तर आबद्धता सुचारु भए संगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्युआर मा भुक्तानी गर्न सुचारु गरेका  विभिन्न बैंक तथा वालेटहरुले पनि छुट प्राप्त गर्न सक्ने छन् ।