कीवर्डहरू -

नबिल बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ

नबिल बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ

नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन ।

भक्तपुरको कमलविनायकस्थित भत्केको पाटीमा रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय पूर्णबहादुर खासु रहेका छन् ।

उनलाई बिहीबार बिहान करिब पौने ३ बजेतिर प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद भएको छ ।