कीवर्डहरू -

वान प्लस ७ प्रो अब नेपालमा

वान प्लस ७ प्रो अब नेपालमा

परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वानप्लस ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ ।

यसमा ४८ एमपी रियर क्यामेरा, ११७अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।


यसको बिल्कुलै नयाँ स्क्रीनतथाएकनासको डिस्प्ले QHD + Fluid AMOLED रिजोलुसन resolution (3120 by 1440 pixels) तथा ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्दछ र यसको कर्भ ऐज–टु–ऐज डिजाइनले झन आकर्षक देखिन्छ । वानप्लस ७ प्रोमा भएको ६.६७ इन्च ५५१ पीपीआई fluid AMOLED डिस्प्ले अहिलेसम्म कै सबैभन्दा एडभान्स स्क्रीन हो ।


वानप्लस ७ प्रोको अप्ग्रेडेड गरिएको स्क्रीन अनलक टेक्नोलोजिसँगै तपाईंले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलक गर्न सक्नुहुन्छ । यसमा ४००० mAh ब्याट्री रहेकाले यसमा दिनभर चार्ज टिक्छ र ¥याप चार्ज  मार्फत केबल २० मिनेटमै तपाईंले फोनलाई पुनःचार्ज गर्न सक्नुहुन्छ । यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिन बाट जोगाउँछ ।

त्यसबाहेक यसमा UFS ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ, साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी ¥याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।


विश्वभरकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस ७ प्रोलाई यसको सम्भावित उच्चतम स्कोर ए प्लसबाट सम्मानित गरेको छ । वानप्लसले क्रिप्स डिटेल र पावरफुल कन्ट्रास सहित नयाँ प्रविधि ज्म्च्ज्ञण्ं ल्याएको छ । यसको डिस्प्ले नेटफिल्क्स, यूटुयब र अमेजोन प्राइम भिडियोका लागि सटिफाइड छ ।


वान प्लस नेपाली बजारमा  :

६ जीबी र्याम, १२८ रोम - रु ८९०००

८ जीबी र्याम, २५६ रोम - रु ९९९००

र १२ जीबी र्याम, २५६ रोम - रु १०९००० मा उपलब्ध रहेको छ ।


वानप्लस ७ प्रो ओलिज स्टोर www.olizstore.com तथा देशभरका रिटेल पसलहरुमा उपलब्ध रहेको छ । यसमा आईएमईआई सुविधा पनि उपलब्ध रहेको छ । त्यसका लागि ग्राहकहरुले www.ihub.np . ईन गर्न सक्नुहुन्छ ।