कीवर्डहरू -

सिटी एक्सप्रेस जापानले ल्यायो मोबाइल एप, २०० बढी देशमा रेमिट्यान्स पठाउन सकिने

सिटी एक्सप्रेस जापानले ल्यायो मोबाइल एप, २०० बढी देशमा रेमिट्यान्स पठाउन सकिने

सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । सिटी एक्सप्रेस जापानले सिटी मोबाइल वालेट सेवा सुरु गरेको हो ।

सिटी मोबाइल वालेटबाट विश्वभरका २०० राष्ट्रहरुमा रकम पठाउन सकिने व्यवस्था रहेको छ । उक्त एप्लिसकेसन गुगल एप्सबाट डाउनलोड गरी इमेलको मद्दतबाट रजिष्ट्रेसन गरी सेवा लिन सकिने छ । एप्लिकेसनमार्फत नयाँ रिसिभर थप गर्न र जुनसुकै समयमा संसारभरीबाट पैसा पठाउन मिल्ने व्यवस्था गरिएको छ ।

वालेटमा ३ तरिकाबाट रकम जम्मा गर्न सकिने छ । सिटी वालेट कार्डमा जम्मा गरेको रकम आफु अनुकुल समय र जुनसुकै स्थानबाट एक क्लिकमा पठाउन सकिने विशेषता उक्त एप्लिकेसनमा रहेको कम्पनीले जनाएको । नयाँ एप्लिकेसनसँग कम्पनीले प्रयोगकर्तालाई रिवार्ड पोइन्टको पनि व्यवस्था गरेको छ।