कीवर्डहरू -

गुगल एआइ सर्चमार्फत सहजै जानकारी खोज्न सकिने, यसरी गर्नुहोस् प्रयोग

गुगल एआइ सर्चमार्फत सहजै जानकारी खोज्न सकिने, यसरी गर्नुहोस् प्रयोग

गुगलको सर्च जेनेरेटिभ एक्सपेरियेन्सको साथ, तपाईले इन्टरनेटमा जानकारी खोज्ने राम्रो अनुभव पाउनुहुनेछ । गुगलको सर्च जेनेरेटिभ टूलको मद्दतले इन्टरनेटमा जानकारी खोज्नु पहिले भन्दा छिटो र सजिलो हुन सक्ने देखिएको छ ।

यति मात्र नभएर एसजीइ(सर्च जेनेरेटिभ एक्सपेरियन्स)ले कुनै पनि सामग्रीको बारेमा राम्रो र गहिरो जानकारी सङ्कलन गर्न मद्दत गर्नेछ ।

गुगलको एआई सर्चको साथ, तपाईंले जानकारीको लागि धेरै जवाफहरू पाउनुहुनेछ । धेरै जवाफहरू मध्ये, तपाईंले आफूलाई सही लाग्ने जवाफ छनोट गर्न सक्नुहुन्छ । थप जानकारीको लागि तपाईले फलो–अप प्रश्न सोध्न प्रयोग गर्न सक्नुहुन्छ ।

अहिले सर्च ल्याबको सुविधा अमेरिका, जापान र भारतका लागि मात्र उपलब्ध गराइएको छ । यसलाई अंग्रेजी, हिन्दी र जापानी भाषाहरूमा प्रयोग गर्न सकिन्छ ।

गुगलको एआइ सर्च प्रयोग गर्न केके चाहिन्छ ?

  • तपाईंसँग एन्ड्रोइड फोन हुनुपर्छ
  • फोनमा गुगल एपको नयाँ संस्करण हुनुपर्छ
  • तपाईं १८ वर्ष भन्दा माथिको हुनुपर्छ
  • तपाईंसँग व्यक्तिगत गूूगल खाता हुनुपर्छ

गुगलको एआइ सर्च एक्सपेरियेन्स सुविधा कसरी सक्रिय गर्ने ?

गुगलको एआइ सर्च प्रयोग गर्न, पहिले तपाईंले गुगल एप खोल्नु पर्छ । तपाईंले आफ्नो गुगल अकाउन्टको साथ गूगल एपमा लग इन गर्नुपर्नेछ ।

गुगल एपमा इन्कग्निटो मोड अन छ भने यसलाई अफ गर्नुपर्छ । अब तपाईंले एपको शीर्ष बायाँमा रहेको ल्याब आइकनमा ट्याप गर्नुपर्नेछ ।

एसजीइ कार्डमा एक्सपेरिमेन्टलाई टर्न अन गर्नपर्छ । तपाईंले नियम र सर्तहरू पढ्नुपर्नेछ र सहमत हुनुपर्नेछ ।

गुगलको एआइ सर्च एक्सपेरियेन्स सुविधा कसरी प्रयोग गर्ने ?

अब तपाई गुगल डट कममा आउनुहोस् र खोज बाकसमा आफ्नो प्रश्न टाइप गर्नुहोस् । यसो गर्दा तपाईले खोज बक्सको तल जेनेरेटिभ एआईको ब्यानर देख्न सक्नुहुनेछ ।

तपाईंले सर्चमा ट्याप गर्ने बित्तिकै, गुगलको जेनेरेटिभ एआई खोजले तपाईंको लागि काम गर्नेछ ।

गुगलको जेनेरेटिभ एआई खोजले आधा वेब खोजहरूमा जतिसक्दो चाँडो जवाफहरू फेला पार्न काम गर्नेछ ।

गुगल एसजीइ फलो–अप प्रश्नहरू पनि कन्भरसेसन मोडमा सोध्न सकिन्छ । कम्पनीको यो उपकरण एआई पार्वड फिचर हो ।