कीवर्डहरू -

राहदानी विभागले भन्योः भिडिभाड धेरै भयो, तोकिएको मिति र समयमा मात्र विभाग आउनुस् 

राहदानी विभागले भन्योः भिडिभाड धेरै भयो, तोकिएको मिति र समयमा मात्र विभाग आउनुस् 

राहदानी विभागले विद्युतीय राहदानी अर्थात पासपोर्टका लागि आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन अनुरोध गरेको छ ।

तोकिएको दिनको विभिन्न समयमा अपोइन्टमेन्ट पाएका अधिकांश सेवाग्राही एकैपटक बिहान सबेरै विभाग आएर लाइने लाग्ने गरेको भन्दै भीडभाडरहित सेवामा सहयोग गर्न आग्रह गरेको हो ।

द्रुत सेवा अन्तर्गतको विद्युतीय राहदानी सेवालाई सहज र सेवाग्राहीमैत्री बनाउन राहदानी विभागले हरेक दिन बिहान १० बजेदेखि प्रत्येक आधा घण्टाको अन्तरमा १५० देखि २०० सम्म सेवाग्राहीलाई विद्युतीय राहदानी आवेदनका लागि अपोइन्टमेन्ट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।