कीवर्डहरू -

स्याटेलाइट कलिङ फिचर भएको ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक

स्याटेलाइट कलिङ फिचर भएको ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक

ह्वावेको नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक भएको छ । कम्पनीले बिना कुनै जानकारी चीनमा नयाँ स्मार्टफोन मेट ६० प्रो सार्वजनिक गरेको हो ।

फोनमा स्याटेलाइट कलिङको सुविधा उपलब्ध रहेको छ । मेट ६० प्रोमा ६.८२ इन्चको एएमओएअयडी डिस्प्ले समावेश छ । १२० हर्जको रिफ्रेस रेट रहेको छ ।

यो स्मार्टफोन तीनवटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । डिस्प्लेको माथि तीनवटा होल–पञ्च कटआउटहरू छन्, जसमा सेल्फी क्यामेरा र थ्रीडी टाइम अफ फ्लाइट (टिओएफ) सेन्सर रहेको छ ।

ह्वावे मेट ६० प्रोमार्फत, तपाईंले मोबाइल सिग्नल बिना नै अन्य स्मार्टफोनहरूमा कल गर्न सक्नुहुन्छ किनभने यो ह्वावे को पहिलो स्मार्टफोन हो, जसले स्याटेलाइट जडानलाई समर्थन गर्दछ ।

१२ जिबी र्याम र २५६ जिबी भण्डारण संस्करण भएको ह्वावे मेट ६० को मूल्य ६५९९ युआन छ । यस बाहेक यस स्मार्टफोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६,५९९ युआन र १२ जीबी र्याम र १ टिबी स्टोरेज मोडेलको मूल्य ७,५९९ युआन छ ।

यसमा ५० मेगापिक्सेलको प्राइमरी रियर क्यामेरा रहेको छ । ह्वावे मेट ६० प्रो हरियो, सिल्भर, पर्पल र कालो गरी चार फरक रंगमा उपलब्ध छ ।

यस बाहेक ह्वावे मेट ६० प्रोमा ट्रिपल रियर क्यामेरा मोड्युल छ, जसमा ओआइएस क्षमता भएको ५० मेगापिक्सेल प्राथमिक सेन्सर, १२ मेगाविपक्सेल अल्ट्रावाइड सेन्सर, र ३.५ गुणा अप्टिकल जुम र १०० गुणा डिजिटल जुम समर्थन गर्ने ४८ मेगापिक्सेल टेलिफोटो ओआइएस लेन्स समावेश छ ।

ह्वावे मेट ६० प्रो क्यामेरामा रहेको रियर क्यामेराले भेरिएबल एपर्चरलाई सपोर्ट गर्छ । एक्समेज क्यामेरा प्रणाली सुपर नाइट मोड, सुपर म्याक्रो, म्याक्रो पिप, प्रो मोड, स्लो मोशन, मल्टि क्यामेरा र एआई फोटोग्राफी मोडसँग आउँछ ।

साथै धेरै अन्य मोडहरू पनि समावेश छन् । अगाडि, यसमा सेल्फी र भिडियो कलिङको लागि एचडीआर समर्थनको साथ १३ मेगापिकसेल क्यामेरा छ । यसमा एआई रिमोट, वायरलेस भुक्तानी र सधैं अन–डिस्प्लेको लागि समर्थन छ ।

ह्वावेमेट ६० प्रोमा ५ हजार एमएएच ब्याट्री छ,  जसले फास्ट चार्जिङ ५० वाट वायरलेस फास्ट चार्जिङ र २० वाटरिभर्स वायरलेस चार्जिङलाई समर्थन गर्दछ । यो फोन अहिले चीनमा मात्रै सार्वजनिक भएको छ । चीन बाहिर सार्वजनिक गर्ने अहिलेसम्म कम्पनीको कुनै योजना छैन ।