कीवर्डहरू -

डब्लु सिरिज सार्वजनिक गर्दै सामसङ्ग

डब्लु सिरिज सार्वजनिक गर्दै सामसङ्ग

सामसङ्गले सेप्टेम्बर १५ मा आफ्नो डब्लु सिरिज सार्वजनिक गर्दैछ । कम्पनीको डब्लु सिरिज चीनमा सार्वजनिक हुन सुरू भएको छ । सामसंग डब्लु २४ र सामसंग डब्लु २४ फ्ल्पि डब्लु श्रृंखला सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

डब्लु श्रृंखलामा सामसंग डब्लु २३ र सामसंग डब्लु २३ फ्ल्पिको नेक्स्ट जेनेरेसन पनि लन्च गर्न सक्ने छ । सामसंगको डब्लु श्रृंखला मोडेलहरू ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ को अनुकूलित संस्करण हुन सक्छ । सामसंगले जुलाईको अन्तिम हप्तामा ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ जारी गरेको थियो ।

ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फिलाई कम्पनीले स्नापड्रागन एट जेन २ चिपसेटको साथ प्रस्तुत गरेको थियो ।

ग्यालेक्सी जेड फ्लिप ५ कम्पनीले ८ जीबी र्यामको विकल्पमा प्रस्तुत गरेको थियो । जहाँ ग्यालेक्सी जेड फोल्ड ५ १२ जीबी र्याम विकल्पको साथ सार्वजनिक भएको थियो ।

ग्यालेक्सी जेड फोल्ड ५ ४४०० एमएएच ब्याट्री र २५ वाट वायर्ड फास्ट चार्जिङ सपोर्टको साथ ल्याइएको थियो । ग्यालेक्सी जेड फ्ल्पि ५ ३७०० एमएएच ब्याट्री र २५ वाट वायर्ड फास्ट चार्जिङ सपोर्टको साथ ल्याइएको थियो ।

सामसङको डब्ल्यू२३ सिरिजको कुरा गर्दा, सामसुङको यो सिरिज गत वर्ष अक्टोबरमा रिलिज भएको थियो । फोन १६ जिबी र्याम + ५१२ जिबी एकल भेरियन्टमा ल्याइएको थियो। अर्कोतर्फ, सामसंग डब्लु२३ फ्ल्पि फाइभजी १२ जिबी र्याम + ५१२ जिबी भेरियन्टमा ल्याइएको थियो ।