कीवर्डहरू -

आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

आईएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकबाट पनि रकम लोड गर्न सकिने

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेमा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै  क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तिय संस्था सँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उदेश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

आइएमई पेले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।