कीवर्डहरू -

पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै

पुर्वान्चलमा प्रतिभा खोज्न “ओपन स्टेज सिजन थ्री” कार्यक्रम आउँदै

काठमाडौं। शब्द र भावनाहरु सँग जोडिएका प्रतिभाहरुलाई खोज्ने उद्धेश्यले “ओपन स्टेज” कार्यक्रमको तेस्रो संस्करण पुर्वान्चलमा संचालन हुने भएको छ ।

कविता, स्ट्यान्डप कमेडी, कथा लगायतका विधामा कुनै पनि उमेरका मानिसहरूले नेपाली, अंग्रेजी, हिन्दी, उर्दु भाषामा भाग लिन सक्नेछन् ।


ओबी मिडिया प्रालि र वर्ड विन्ङस् को संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम छोटो समयमा नै देश विदेशमा लोकप्रिय बन्दै गएको छ ।

उक्त कार्यक्रममा मेगा जजुको “मर्दको भी दर्द होता हे” भिडियोलाई २१ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् ।

यस कार्यक्रमले विभिन्न सामाजिक विषयहरू उठाउदै आएको “वर्ड विन्ङस्”का संस्थापक संदीप राउतले जानकारी दिए ।


साथै तेस्रो संस्करणका लागी प्रायोजकहरू को स्थान खुला रहेको छ । निशुल्क आवेदन फाराम : http://bit.do/wordwings