कीवर्डहरू -

के सधैंका लागि बन्द भएको हो रूटिन अफ नेपाल बन्दको फेसबुक पेज ? 

के सधैंका लागि बन्द भएको हो रूटिन अफ नेपाल बन्दको फेसबुक पेज ? 

नेपालको लोकप्रिय पेज ‘रूटिन अफ नेपाल बन्द’ हराएको छ । सोमबार साँझदेखि रूटिन अफ नेपाल बन्दको फेसबुक पेज, इन्स्टाग्राम, ट्विटरबाट हटेको हो ।

रूटिन अफ नेपाल बन्द पेज सधैंको लागि बन्द भएको हो वा अस्थायी रूपमा बन्द भएको त्यो भने खुल्न बाँकी छ । तर रूटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले फेसबुकमा राखेको एक पोष्ट अनुसार यो अस्थायी रूपमा बन्द भएको जस्तो देखिन्छ ।

पौडेलले फेसबुकमा पेजलाई अनपब्लिस अर्थात अप्रकाशित रूपमा राखेको फोटो राखेका छन् । यसको अर्थ चाहेको बेला पब्लिस अर्थात प्रकाशित मोडमा राखेर फर्किन पाउने छन् ।

पौडेलले अनपब्लिस मोडमा राखेको फोटो फेसबुकमा शेयर गर्दै लेखेका छन्, ‘अब अट्याक गर्नु पर्दैन । स्वार्थले खोलेको थिएन तै भएर बाल छैन । बाकि कुरा पछि गरौला । अब म स्वतन्त्र छु । मलाई एक्लै छोडिदिनुहोस् ।’

गत शनिबार राति काठमाडौंका मेयर बालेन्द्र शाहले महानगरको गाडी रोकेको भन्दै सिंहदरबारमा आगो लगाउने पोष्ट सामाजिक सञ्जालमा गरेका थिए । त्यसपछि बालेनको चर्को आलोचना हुन सुरू भएको थियो ।

अनि बालेनलाई जोगाउनकै लागि रूटिन अफ नेपाल बन्दले पुत्री लाभ सम्बन्धी गरेको पोष्टमाथि धेरैले आलोचना गरेका थिए र उक्त पोष्ट बालेनलाई जोगाउनकै लागि गरिएको धेरैले अनुमान गरेका थिए ।

रूटिन अफ नेपाल बन्द नेपालको लोकप्रिय पेज हो । युवापुस्तामाझ धेरै परिचय यसलाई धेरैले आधिकारिक सूचनाको स्रोत समेत मान्दै आएका थिए ।

तर अचानक रूटिन अफ नेपाल बन्द गायब भएपनि फर्केर आउने सम्भावना भने जीवितै छ । पेजलाई अनपब्लिस गर्नुभनेको सधैंको लागि बन्द गर्नु होइन । अनपब्लिस भनेको पब्लिक, लाइक र फलोअरबाट हाइड गर्नु हो । चाहेको खण्डमा पब्लिस गरेर पुनः आउन सकिन्छ ।