कीवर्डहरू -

इन्स्टाग्रामको स्टोरीमा क्यानडा पठाउने भन्दै नक्कली विज्ञापन गरी ठगी गर्ने २ जना पक्राउ

इन्स्टाग्रामको स्टोरीमा क्यानडा पठाउने भन्दै नक्कली विज्ञापन गरी ठगी गर्ने २ जना पक्राउ

सामाजिक सञ्जाल इन्स्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक सुविधासहित क्यानडा जान वर्कपरमिट भिसा पाइने भनि नक्कली विज्ञापन गरी ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा जान वर्कपरमिट भिसा पाइने भनि नक्कली विज्ञापन गरी ठगी गर्ने कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीर प्रसाद साहलाई पक्राउ गरेको हो ।

उनीहरूले सामाजिक संजाल इन्स्टाग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनि नक्कली विज्ञापन पोष्ट गर्ने गरेका थिए ।

प्रहरीका अनुसार पीडितसँग कुरा गरी मासिक ५७०० क्यानडियन डलरमा क्यासियरको काम लगाई दिन्छु भन्दै आईएलटीईएस सर्टिफिकेट, सीभी, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्र पठाउन पटक पटक ह्वाट्सएपमा म्यासेज पठाउने गरेका थिए ।

त्यसपछि पीडितलाई आवश्यक कागजात पठाउन लगाइ नेपालमा रहेका विभिन्न व्यक्तिहरूको नाममा संचालित बैंक खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७१० रकम पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको छ ।