कीवर्डहरू -

आइसिटी अवार्ड २०१९ को लागि जेष्ठ ३२ गतेसम्म नोमिनेशन दर्ता गर्न सकिने

अग्रजलाइ सम्मान र नयाँलाइ प्रोत्सहानको अवसर

आइसिटी अवार्ड २०१९ को लागि जेष्ठ ३२ गतेसम्म नोमिनेशन दर्ता गर्न सकिने

नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्डको रुपमा स्थापित ‘आइसिटी अवार्ड २०१९’ को अनलाइन आवेदनको समय ५ दिन थप गरिएको छ । विभिन्न ९ विधा समावेश गरिएको अवार्डमा अब जेठ ३२ गतेसम्म इच्छुकले नोमिनेशन गर्न सक्नेछन् । त्यसको लागि यहाँ क्लिक गर्नुहोस ।


लिभिङ विथ आइसिटी आयोजनामा हुन लागिरहेको यस चौथो संस्करणको आइसिटी अवार्डमा देशव्यापी रुपमा नोमिनेशन दर्ता भइरहेको छ । आइसिटेक मिडियाका अध्यक्ष एवं कार्यक्रमका संयोजक राजन लम्सालका अनुसार धेरै इच्छुक आवेदकले डकुमेन्ट तयार पार्न केही समय माग गरेको कारणले केहि दिन समयावधि थपिएको हो । ‘हामीले यस संस्करणमा हरेक विधामा अधिकतम आवेदन लिन खोजेका छौ र उत्कृष्ट नछुटुन भन्ने अभिप्रायले अनलाइन आवेदनको समय केही दिन थप गरेका छौं,’ उनले भने ।


आइसिटी अवार्ड २०१९ मा हालसम्म ९ विधाका लागि एक सयभन्दा बढी नोमिनेशन दर्ता भएको छ । यसअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, डिजिटल एजुकेशन अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड र राइजिङ स्टुडेन्ट अवार्डका लागि धेरै आवेदन दर्ता भएको छ । आइसिटी अवार्ड २०१९ का पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्डका लागि इच्छुक साथै अन्यले रिकमेन्ड गर्न सक्ने छन् ।


यस वर्ष आइसिटी अवार्डको प्रि–इभेन्ट क्याम्पियनको रुपमा विराटनगर, बुटवल र नारायणगढमा प्रदेशस्तरीय स्टार्टअप एवं इन्नोभेसन मेला र आइसिटी कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । यसबाट स्थानीय युवा उद्यमी र उनीहरुले विकास गरेका वस्तु तथा सेवाको प्रवद्र्धन गरिनुका साथै आइसिटी अवार्डको प्रतिष्पर्धामा समेत समावेश भएका छन् ।


अवार्डको नोमिनेसनका लागि वेबसाइट आइसिटी अवार्ड डट ओआरजी https://ictaward.org/award-categories/ मा गएर अनलाइन आवेदनमा क्लिक गरी विधा छानेर आवश्यक उल्लेख गरिएको फर्ममा जानकारी र डकुमेन्ट सबमिट गरेर नोमिनेसन दर्ता गराउन सकिनेछ ।


स्टार्टअप, प्रोडक्ट र स्टुडेन्ट प्रोजेक्टमा आवेदक आफैले आवेदन दिनुपर्ने छ भने अन्य विधाहरुमा आवेदकसँगै अन्य जो कोहिले नोमिनेशन दर्ता गरिदिन सकिनेछ ।

\"\"

छनौट कसरी हुन्छ ?
आइसिटी अवार्ड २०१९ मा यस क्षेत्रमा लामो योगदान र अनुभव भएका १० जना जुरी समुह र ७ जना जुरी सल्लाहकारको समुहले विभिन्न छनौट प्रकृया तय गरेको छ । आएका आवेदनलाई डकुमेन्ट र थप अध्ययन गरि सर्टलिस्ट प्रकाशन गर्ने र छानिएकालाई प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा सहभागी गराउने गरिन्छ ।

यसैगरी उत्कृष्ट ५ छनौट गरि अनलाइन र एसएमएस भोटिङ पनि सञ्चालन गरिनेछ । अवार्डको छनौट प्रकृया पारदर्शी र निष्पक्ष हुनेछ भने सोहि अनुसार छनौटको सम्पुर्ण अधिकार जुरी समुहलाई प्रदान गरिएका आयोजकले बताएको छ ।

अवार्डको कुन विधामा कसले नोमिनेसन दिने ?
चौथो संस्करणका रुपमा आयोजना हुन लागेको आइसिटी अवार्ड २०१९ मा ९ विधा समावेश गरिएको छ । यी विधामा अनलाइन आवेदनका लागि केही नियम पूरा गर्नुपर्नेछ ।

स्टार्टअप आइसिटी अवार्ड २०१९
स्टार्टअप आइसिटी अवार्डमा प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय गरिरहेका र कम्तीमा एउटा आफ्नै प्रडक्ट बजारमा ल्याएका कम्पनीहरुले यसमा सहभागिता जनाउनेछन् । यसका लागि कम्पनी दर्ताको मितिले ३ वर्ष ननाघेको हुनुपर्नेछ । गतवर्षको स्टार्टअप आइसिटी अवार्डमा पिपुल्स डेभलपमेन्ट ल्याबले २५ भन्दा बढी प्रतिस्पर्धीलाई उछिन्दै अवार्ड जितेको थियो ।

प्रडक्ट आइसिटी अवार्ड २०१९
प्रडक्ट आइसिटी अवार्डमा एक वर्ष्भित्र सार्वजनिक भएका प्रडक्टहरुलाई सहभागिता जनाउन सकिन्छ । प्रविधि क्षेत्रका प्रडक्टहरु यसमा सहभागी हुन पाउनेछन् । गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक हुने प्रडक्टहरुले नोमिनेसन दर्ता गराउन सक्नेछन् । गतवर्ष ३० बढी प्रडक्टलाई पछि पार्दै आइ सोलुसन लाइफले सर्वोत्कृष्टको अवार्ड जितेको थियो ।

पायोनियर आइसिटी अवार्ड २०१९
यस अवार्ड आइसिटी क्षेत्रका प्रबुद्ध र अग्रजहरुका लागि गरिने सम्मान हो । अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरका रुपमा मनाइने आइसिटी अवार्डमा पायोनियर अवार्ड सबैभन्दा सम्मानित अवार्ड हो । कम्तीमा १५ वर्षभन्दा बढी आइसिटी क्षेत्रमा योगदान दिएका व्यक्तिले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा अरु जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सकिनेछ । गतवर्ष १५ जनाभन्दा बढीको नोमिनेसनबाट सञ्जीवराज भण्डारीले पायोनियर अवार्ड प्राप्त गर्नुभएको थियो ।

आन्टरप्रेनर्स आइसिटी अवार्ड २०१९
उद्यमशीलतालाई प्रवर्द्धन गर्ने प्रयासस्वरुप यो विधाको अवार्ड समावेश गरिएको हो । आइटी क्षेत्रमा योगदान दिइरहेका र सफलता हासिल गरिरहेका व्यक्तिहरुका लागि यो अवार्ड आयोजना गरिन्छ । कम्तीमा पाँचभन्दा बढी वा त्योभन्दा बढी समय यस क्षेत्रमा योगदान दिएका व्यक्तिहरुले यस अवार्डमा नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसका लागि अन्य जोकोहीले पनि कसैको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । गतवर्ष एफ वान सफ्टका विश्वास ढकालले २० जनाभन्दा धेरैको नोमिनेसनबाट उत्कृष्ट हुँदै आन्टरप्रेनर्स अवार्ड प्राप्त गरेका थिए ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१९
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था, विभाग वा कार्यालयहरुले प्राप्त गर्ने अवार्ड हो । सबैभन्दा राम्रोसँग प्रविधिको प्रयोग गरी जनतालाई सजिलो, छिटो र भरपर्दो सेवा प्रदान गर्ने सरकारी संस्थालाई यस अवार्डबाट सम्मानित गरिएको थियो । गतवर्ष १० भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपाल प्रहरीले यो अवार्ड प्राप्त गरेको थियो ।

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१९
विदेशमा रहेर पनि नेपालको आइटी क्षेत्रमा विशेष योगदान दिइरहेका व्यक्तिहरुका लागि समर्पित यो अवार्डको लोकप्रियता विदेशमा पनि बढ्दै गएको छ । धेरैले चासो नराखेको तर महत्वपूर्ण यस विधाको अवार्डमा गतवर्ष १२ भन्दा बढी देशबाट नोमिनेसन दर्ता भएको थियो । गतवर्ष लिपफ्रग कम्पनीका हिमाल कर्माचार्यले यो अवार्ड प्राप्त गरेका थिए ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०१९
आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले बनाएको प्रडक्टका आधारमा यो अवार्ड प्रदान गरिनेछ । यस वर्ष डिजिटल नेपालको थिममा रहेर विद्यार्थीले प्रोजेक्ट विकास गरी नोमिनेसन दर्ता गर्न सक्नेछन् । डिजिटल नेपालको थिममा बसेर बनाएका प्रोजेक्टलाई अनलाइनमार्फत भिडियोसहित आवेदन दिनुपर्नेछ ।

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०१९
सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्धतिमा सुधार ल्याएका स्कुल तथा सामाजिक संस्थाहरुलाई यो अवार्डबाट सम्मान गरिनेछ । यसमा सरकारी स्कुल तथा इन्स्िटच्युसनहरुले सहभागिता जनाउन सक्नेछन् । यसका लागि अनलाइनमा आवेदन दर्ता गर्नुपर्नेछ ।

मिडिया पर्सन आइसिटी अवार्ड २०१९
मिडियामा कार्यरत मिडियाकर्मीहरुका लागि यो सम्मान प्रदान गरिन्छ । सूचना प्रविधि बिट बनाएर मिडियामा रिपोर्टिङ तथा लेखरचना प्रकाशन गर्ने पत्रकारहरुका लागि यो अवार्ड हो । यसका लागि पनि अनलाइनबाट नोमिनेसन दर्ता गर्नुपर्नेछ ।

\"\"