कीवर्डहरू -

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । टुटलले भदौ २० गतेदेखि आफ्नो सेवा सुरू गरेको हो ।

ज्याप सर्भिसेस प्रालिले बुधबारदेखि टुटललाई रिब्रान्डिङसहित सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले पहिलो ८८ वटा राइडमा ८८ प्रतिशत छुट दिने जनाएको छ ।

केही समय पहिले बन्द भएको टुटल फेरि नयाँ व्यवस्थापले सञ्चालनमा ल्याएसँगै वेबसाइट पनि नयाँ बनाएको छ भने सामाजिक सञ्जालका पेज पनि नयाँ बनाएको छ । यस बाहेक कम्पनीले लोगोमा समेत केही परिवर्तन गरेको छ ।

टुटलबाट बाइक र ट्याक्सीको राइड लिन सकिने छ । सुरूवातको १ महिना बाईक राइडरबाट १५ प्रतिशत र क्याब राइडरबाट १२ प्रतिशत कमिसन लिने योजना कम्पनीको छ ।

त्यसपछि भने बाईक राइडरबाट २० प्रतिशत र क्याब राइडरबाट १५ प्रतिशत कमिसन लिइने छ । टुटलको सेवा लिन पुरानो टुटल एपलाई अपडेट गर्नुपर्ने हुन्छ । टुटल एप गूगल प्लेट स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।