क्यान महासंघले तीजको अवसरमा सर्भिकल क्यान्सर जनचेतना र प्याप स्मेर टेस्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यान महासंघका महिला सदस्यहरुका लागि लक्षित गरेर यो कार्यक्रम सञ्चालन गर्न लागरिएको हो ।
दिउँसोको १ देखि ४ बजेसम्म सञ्चालन हुने सो कार्यक्रम २५ भाद्रका दिन क्यान महासंघको परिसर नयाँबजार खुशिबुमा हुनेछ । कार्यक्रममा जाँच तथा परामर्श गाइनोकोलोजिस्ट डा.सबिता सिंहले गर्ने छिन् ।
प्याप स्मेर टेस्ट र सर्भिकल क्यान्सर जनचेतना कार्यक्रममा सहभागी हुन् ४०० रुपैयाँ शुल्क भुक्तानी गरेर रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । यस कार्यक्रममा महिला प्रजनन स्वास्थ्यको बारेमा पनि छलफल गरिने छ । कार्यक्रममा सहभागी हुनका लागि रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।