कीवर्डहरू -

प्रयोग गरिएका फोन बिक्रीका लागि प्लेटफर्म दिदै दराज नेपाल

प्रयोग गरिएका फोन बिक्रीका लागि प्लेटफर्म दिदै दराज नेपाल

नेपालको  अग्रणी अनलाइन  मार्केट दराज नेपालले  दराज लाइक न्यू (DLN) को सुरुवात गरेको छ । स्थानीय बिक्रेताहरूलाई सहयोग गर्ने मुल ध्येयका साथ दराजले यो नयाँ उद्यम सुरुवात गरेको हो ।

प्रयोग गरिएका फोनहरू विक्री गर्नको लागि प्लेटफर्म प्रदान गरेर दराजले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँने लक्ष्य लिएको छ ।यसले विक्रेताहरूलाई उच्च गुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउने दराजले जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा. ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेकी थिइन ।

त्यसैगरी डीएलएनको लागि दराज प्लेटफर्ममा विक्रेता तथा सबको फोनका संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको विक्री वितरणमा ढाढस पुग्ने भन्दै प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्‍याउन पनि परिवर्तनको पहल पनि गर्न दराज सधैं अगाडि रहेको बताइन्।
‘हामीले हाम्रो प्लेटफर्म मार्फत गुणस्तरीय प्रविधि धेरै भन्दा धेरै मानिसहरूलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौ,’ उनले भनिन ।

दराज लाइक न्युले प्रविधि बजारमा नयाँ परिर्वतन, गुणस्तर र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रणय गरेको छ ।