कीवर्डहरू -

नबिल बैंकको तीज अफर, महिलाले खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङदेखि लकर सुविधासम्म

नबिल बैंकको तीज अफर, महिलाले खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङदेखि लकर सुविधासम्म

नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकको नबिल प्रिमियम नारी बचत खाता खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५ गतेसम्म लागु हुनेछ ।