कीवर्डहरू -

गूगल प्ले स्टोरमा नयाँ अपडेट आउँदै, अब एपका शर्टहरु हेर्न सकिने

गूगल प्ले स्टोरमा नयाँ अपडेट आउँदै, अब एपका शर्टहरु हेर्न सकिने

गुगलले चाँडै नै आफ्ना प्रयोगकर्ताहरूका लागि प्ले स्टोरमा नयाँ फिचर ल्याउने भएको छ । प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा सर्टहरू हेर्न सक्नेछन् । गुगलले आफ्नो नयाँ भिडियो सिरिज द प्ले रिपोर्ट सुरु गर्न लागेको छ । यस शृङ्खलाको साथ, प्रयोगकर्ताहरूले प्ले स्टोरमा ४२ – ६० सेकेन्डको छोटो भिडियो देख्नेछन् ।

गुगलको नयाँ भिडियो श्रृंखला द प्ले रिपोर्टमा, एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गेम र एपहरू प्रदर्शन गरिनेछ ।

प्ले रिपोर्टको प्रत्येक भिडियोमा, प्ले स्टोरको ट्रेन्डिङ डाउनलोडहरूको बारेमा जानकारी दिइनेछ ।गुगलद्वारा प्ले रिपोर्टमा हरेक हप्ता नयाँ भिडियोहरू जारी गर्ने गूगलले जनाएको छ ।

गुगलको नयाँ भिडियो श्रृंखला द प्ले रिपोर्टले गुगलका कर्मचारीहरू र लोकप्रिय युुट्युब सिर्जनाकर्ताहरूलाई होस्टको रूपमा राखेको छ ।

प्रत्येक एपिसोडमा, प्रयोगकर्ताहरूलाई कुनै एक एप र गेमको बारेमा जानकारी दिइनेछ । यी छोटो भिडियोहरू प्ले स्टोरको शीर्षमा हेर्न सकिन्छ । छोटो भिडियोका साथसाथै प्रयोगकर्ताका लागि इन्स्टल बटन ल्याइएको छ, जसले गर्दा यी भिडियोहरू डाउनलोड गरी फेरि हेर्न सकिन्छ ।

गूगल प्ले स्टोरले सर्टसको मद्दतले लुकेका केही उत्कृष्ट एन्ड्रोइड गेम र एपहरू बाहिर ल्याउने लक्ष्य राखेको छ ।

धेरै एन्ड्रोइड प्रयोगकर्ताहरूले प्ले स्टोरमा उत्कृष्ट एपहरू र खेलहरू बारे जानकारी पाएका हुँदैनन् । यही कारणले प्ले स्टोरमा यो फिचर ल्याइएको हो । गुगल प्ले स्टोरको यो फिचर अमेरिकामा भर्खरै सुरु भएको छ । छिट्टै भिडियो सिरिज अन्य देशमा पनि ल्याइने छ ।