कीवर्डहरू -

डिशहोम फाइबरनेटको सेवा महेन्द्रनगरको दोधारा चाँदनीमा

डिशहोम फाइबरनेटको सेवा महेन्द्रनगरको दोधारा चाँदनीमा

महेन्द्रनगरको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधै तत्पर रहेको कम्पनीको भनाइ छ । ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानि छानि लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

महेन्द्रनगरको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको भनाइ छ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास लिएको छ ।

डिशहोम फाइवरनेटको जडान तथा अन्य सेवाहरु नजिकैको डिलर दाइ अथवा ग्राहक सेवा केन्द्रको फोन नं. ०१ ५९७०३६५ मा फोन गरेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।