आईटी तालिम प्रदान गर्दै आएको संस्था दूरशिक्षाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा ३३ प्रतिशत छात्रवृत्ति दिने भएको छ ।
तेस्रो वार्षिकोत्सवको अवसरमा दूरशिक्षाले हरेक आईटी कोर्षमा ३३ प्रतिशत छुट दिने भएको हो ।
तेस्रो वार्षिकोत्सवको अवसरमा सबैलाई धन्यवाद दिदै दूरशिक्षाका संस्थापक कृष्ण पाण्डेले सबै कोर्षमा ३३ प्रतिशत छुट दिएको बताए ।
दूरशिक्षाले डिप्लोमा इन कम्प्युटर एण्ड आईटी, एडभान्स सर्टिफिकेट प्रोग्राम इन डेटा साइन्स एण्ड एनालाइटिक्स, डिजिटल मार्केटिङ, फुल स्ट्याक डेभलपमेन्ट, साइबर सेक्युरिटी लगायतका कोर्ष अध्यापन गराउँदै आएको छ ।
यी कोर्षहरूमा ३३ प्रतिशत छुट पाइने छ तर त्यसका लागि आगामी १३ दिनसम्ममा आफ्नो सिट बुक गर्नुपर्नेछ । दूरशिक्षा स्कटिस क्वालिफिकेसन फ्रेमवर्कबाट मान्यता प्राप्त संस्था हो । त्यसकारण दूरशिक्षाका कोर्षहरू यूरोपियन क्वालिफिकेसन फ्रेमवर्कमा बेञ्चमार्क गरिएको छ ।