कीवर्डहरू -

नेपालमा फाइभजी उपकरण उपललब्ध गराउने तयारीमा सामसङ 

नेपालमा फाइभजी उपकरण उपललब्ध गराउने तयारीमा सामसङ 

विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्राण्ड सामसङ नेपालमा आविष्कारको क्षेत्रमा सधैं अग्रणी रहँदै आएको छ । स्मार्टफोनको दुनियाँमा नयाँ उन्नत नवीनतम प्रविधि भित्राउनुमा सामसङको अलग्गै प्रतिष्ठा रहेको छ ।

चाहे यो फोल्डेबल स्मार्टफोन प्रविधिलाई उन्नत बनाउन रहेको भूमिका होस्, या स्मार्टफोनबाट गर्न सकिने सम्भवताको परिधिहरुलाई निरन्तर रुपमा विस्तार गर्न होस्, या पहुँच योग्य दायरामा पाइने छन् नेटवर्किङ्ग क्षमताहरुका साथ निर्माण गरिएका सामसङका फोन वा सामसङको कनेक्टेड इकोसिस्टमका साथ विश्वलाई नजिक ल्याउन होस्, सामसङले सधैं नेपाली बजारमा आफ्नो ए-गेम ल्याउने गर्छ ।

नेपालका दुई प्रमुख टेलकिम अपरेटरहरू, एनटीसी र एनसेलको नेपालभर विभिन्न ब्यान्ड र फ्रिक्वेन्सीहरू सञ्चालनमा छन । अहिले, नेपालमा संचालनमा रहेका सबै समान ब्याण्डहरु फाइभजीका लागि ब्याण्ड ८ (९०० मेगाहर्ज), फोरजीका लागि ब्याण्ड १ (२१०० मेगाहर्ज), एलटीई फोरजीका लागि ब्याण्ड ३ (१८०० मेगाहर्ज) सबै सँग सामसङद्वारा समर्थित छन् ।

नेपाल टेलिकमले भीओएलटीई विस्तार गर्ने दौरानमा आफ्नो एटीई/फोरजी नेटवर्कलाई साथ दिन एक अतिरिक्त समान ब्याण्ड २० (८०० मेगाहर्ज) प्रस्तुत गरेको थियो । सामसङद्वारा यसको परीक्षण गरिए पश्चात् आफ्ना उपकरणहरुमा सामसङले त्यसको प्रयोग पनि गरेको थियो । यस लगतै सन् २०२० देखि नेपालमा सामसङ ब्याण्ड २० समर्थित पहिलो मोबाइल ब्राण्ड बनेको हो ।

सामसङले नेपालमा संचालनमा रहेका २ मुख्य संचालक एनटिसि र एनसेलहरुको यी सबै ब्याण्डहरु र फ्रिक्वेन्सीहरुको संचालनमा देहाय बमोजिम साथ दिंदै आएको छ ।
नेपालका टेलिकम कम्पनीहरुले फाइभजी नेटवर्क शुरु गर्ने तयारीमा छ ।

देशमा संचालित सबै नेटवर्क संचालकहरुले यो प्रविधिको व्यवसायिकरण गरेसंगैं प्रयोगकर्ताहरुले आफ्नो फाइभजी लागि तयार रहेको उपकरणहरुमा अन्ततः तीव्र गतिको इन्टरनेट सेवाको मज्जा लिन सक्ने कम्पनीको भनाइ छ ।

सामसङले सन् २०२१ देखि नै फाइभजीका लागि तयार विभिन्न मुल्यका स्मार्टफोनहरु उपलब्ध गराउँदै आइरहेको छ र देशमा फाइभजी प्रविधि भित्राउने सन्दर्भमा यी दुवै टेलिकम संचालकहरुसँग निरन्तर काम गर्दै आइरहेको छ ।

कम्पनीले भर्खरै मात्र उनीहरुको अत्यन्त सुलभ मुल्यको फाइभजी स्मार्टफोन सामसङ एम १४ बजारमा उपलब्ध पनि गराइसकेको छ । सामसङले हालै मात्र फाइभजीको लागि तयार उपकरणहरु उपलब्ध गराउन पूर्ण रुपमा तम्तयार रहेको जनाएको छ ।