अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कम्प्युटर अधिकृत सुनिल कुमार केसीले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने भएका छन ।
२० औं निजामती सेवा दिवसको अवसरमा सरकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत कम्प्युटर अधिकृत केसीलाई यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गर्न लागेको हो ।
यस वर्ष सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्दैछ ।